फोटो फाईल
तनहुँ, १३ असार । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई जना बालबालिकाको मृत्यु भएको छ । भारतमा दर्ता भएको कारले ठक्कर दिँदा आँबुखैरेनी गाउँपालिका–२ का ६ वर्षीया सायना थापा र ५ वर्षीय उलियम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
हिजो बेलुका विद्यालयबाट घर फर्किरहेको अवस्थामा उनीहरूलाई कारले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका सायना र उलियमको उपचारका क्रममा चितवन आज बिहान निधन भएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८३ असार १३ गते शनिवार






