२०८३ असार ५ गते शुक्रवार

ज्ञान ज्योतिको उत्कृष्ट नतिजा

असार ५, दाङ तुलसीपुरमा रहेको ज्ञान ज्योति माध्यमिक विद्यालय विज्ञान संकाय तर्फ उत्कृष्ट नतिजा ल्याएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा ज्ञान ज्योति माध्यमिक विद्यालयका छात्रा समीक्षा चन्दले ३.९६ जिपिए प्राप्त गरी विज्ञान संकायतर्फ उत्कृट नतिजा हासिल गरेको विद्यालयका एकेडेमिक कोर्डिनेटर शरद गौतमले जानकारी दिनुभयो । यसैगरी विज्ञान सङ्कायबाटै अनिता कँवर योगीले ३.९४ र निराज चौधरीले ३.९० जीपीए ल्याएका छन् । व्यवस्थापन सङ्कायतर्फ भुपेन्द्र बिष्टले ३.९४ र प्रशान्त खत्रीले ३.९२ जीपीए ल्याएर उत्कृष्ट नतिजा हासिल गरेका छन् ।

ज्ञानज्योति सेकेन्डरी स्कुल लुम्बिनी प्रदेश लगायत पश्चिम नेपालमै निरन्तर अब्बल नतिजा ल्याउन सफल ज्ञान ज्योतिको सफलताको प्रमुख आधार बौद्धिक व्यक्तिहरुको कुशल नेतृत्व, सबल व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरुको साथ र अनुशासित, लगनशील एवं क्षमतावान विद्यार्थीहरुको मेहनत रहेको विद्यालयका भाइस प्रिन्सिपल मनोज कुमार केसीले बताउनुभयो ।

यस विद्यालयले वि.वि.ए., वि.ए.सी.सीएसआईटि, वि.सी.ए, विएस्सी, वि.वि.एस. र वि.ए संकायमा अध्यापन गराउदै आएको छ । ज्ञान ज्योति माध्यमिक विद्यालय पश्चिम नेपालमै उच्च ब्यबस्थापनका साथ सञ्चालन भैरहेको विद्यालयको रुपमा परिचित छ । विद्यालयले विभिन्न समय र संकायमा निरन्तर उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।

प्रकाशित मिति : २०८३ असार ५ गते शुक्रवार
प्रतिक्रिया