२०८३ असार ५ गते शुक्रवार

अम्बिका मावि हर्नाेकमा ८६ प्रतिशत विद्यार्थी उतिर्ण

दाङ,५ असार । दाङको घोराही उप महानगरपालिका वडा नम्बर १ स्थित अम्बिका माध्यमिक विद्यालय हर्नाेक दाङमा कक्षा १२ को नतिजामा उल्लेखनीय सफलता हासिल गरेको छ। राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित शैक्षिक सत्र २०८२ सालको कक्षा १२ को परीक्षाफल अनुसार विद्यालयका ८५ .७१ प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण भएका छन्। यस उपलब्धिलाई विद्यालयको शैक्षिक गुणस्तर सुधार, शिक्षकहरूको मेहनत, विद्यार्थीहरूको लगनशीलता तथा अभिभावकहरूको सहयोगको परिणामका रूपमा लिइएको छ।

यस अवसरमा विद्यालयका प्रधानाध्यापक सन्तबहादुर पुनले सफल विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ उच्च शैक्षिक उपलब्धि हासिल गर्न प्रेरित गर्नुभएको छ । स्थानीय समुदायले समेत विद्यालयको उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा अझ राम्रो नतिजाको अपेक्षा गरेका छन ।

प्रकाशित मिति : २०८३ असार ५ गते शुक्रवार
प्रतिक्रिया