२०८३ जेष्ठ ३१ गते आइतवार

धवल शम्शेर र प्रसाईं मिलेर नयाँ पार्टी खोल्ने तयारी

काठमाण्डौ, ३१ जेठ । राप्रपाबाट राजीनामा दिएका धवल शम्शेर राणा र दुर्गा प्रसाईं लगायतले नयाँ पार्टी खोल्ने तयारी गर्नुभएको छ । जेठ १७ गते राप्रपाको महामन्त्रीबाट राणाले राजीनामा दिनुभएको थियो । यस्तै अभियान्ता प्रसाईंले पनि आफूले चलाउँदै आएको अभियान बिसर्जन गर्दै मिलेर नयाँ पार्टी बनाउने अभिव्यक्ति दिदै आउनु भएको छ । गत जेठ २२ गते राणा र दुर्गा प्रसाईंबीच नयाँ पार्टी खोल्ने सहमति भएको थियो।

उक्त सहमतिसँगै प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान बिसर्जन गर्नुभएको थियो । धवल र प्रसाईंले आज जमलमा कार्यक्रम गरेर प्रस्तावित राष्ट्रवादी पार्टीका विषयमा केही जानकारी गराउनु भएको छ । पार्टी घोषणा कार्यक्रम भने मलमासका कारण प्रभावित बनेको छ। मलमास सकिएलगत्तै पार्टी घोषणाको तयारीमा धवल र प्रसाईं रहेको नेताहरुले बताएका छन्। उनीहरूले संवैधानिक राजतन्त्र विचार र सनातन धर्मलाई समेटेर पार्टी बनाउन लागेका बताईएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ ३१ गते आइतवार
प्रतिक्रिया