२०८३ जेष्ठ ३१ गते आइतवार

दुर्बिन प्रविधिबाट पेटभित्र अण्डकोष भएका बालकको प्रतिष्ठानमा सफल शल्यक्रिया

फोटो फाईल

दाङ,३१ जेठ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा दुर्बिन प्रविधिबाट जन्मजात पेटभित्र अण्डकोष भएका बालकको सफल शल्यक्रिया गरिएको छ । युरोसर्जन डा.सुशील खनियाँले जन्मजात रूपमा पेटभित्र अण्डकोष रहेका एक बालकको दुर्बिन (ल्याप्रोस्कोपिक) प्रविधिबाट सफल शल्यक्रिया गर्नुभएको हो।

शल्यक्रियाका क्रममा पेटभित्र रहेका अण्डकोषका नशा तथा संरचनाहरूलाई सावधानीपूर्वक छुट्याई प्राकृतिक स्थान अर्थात् अण्डकोष थैली -स्क्रोटम) मा झारिएको डा.खनियाँले जानकारी दिनुभयो । आधुनिक दुर्बिन प्रविधिबाट गरिएको यस उपचारले बिरामीलाई कम पीडा हुने, छिटो निको हुने तथा शल्यक्रियापछि हुने जटिलता कम हुने चिकित्सकहरूको भनाइ छ। डा.खनियाँ अनुभबी एमसीएच युरोलोजी विशेषज्ञ हुन्।

प्रकाशित मिति : २०८३ जेष्ठ ३१ गते आइतवार
प्रतिक्रिया