२०८३ जेष्ठ २७ गते बुधवार

गृहमन्त्री गुरुङको पहिलो निर्णय– दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने

काठमाण्डौ, २७ जेठ ।  नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको छ । पदबहालीका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले आफ्नो कार्यकालमा पुराना र चर्चित काण्डको फाइल खोलेर अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयएको छ । गृहमन्त्री गुरुङले वि.सं. २०५८ सालमा भएको चर्चित दरबार हत्याकाण्डको फाइल पुनः खोलेर छानबिन प्रक्रिया अगाडि बढाउने पहिलो महत्त्वपूर्ण निर्णय गर्नुभएको छ ।

यसका साथै उहाँले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अझ बढी बलियो र साधनस्रोत सम्पन्न बनाउने तथा हाल छानबिनका क्रममा रहेका सबै अनुसन्धान प्रक्रियालाई छिटो टुङ्गोमा पुर्‍याउने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । मन्त्रालयको पदभार सम्हाल्दै मन्त्री गुरुङले पछिल्लो समय ‘जेनजी’ आन्दोलनका क्रममा लागेका फौजदारी मुद्दाहरू फिर्ता लिने विषयमा आवश्यक अध्ययन अगाडि बढाउनेसमेत बताउनुभयो ।।

प्रकाशित मिति : २०८३ जेष्ठ २७ गते बुधवार
प्रतिक्रिया