२०८३ जेष्ठ २३ गते शनिवार

रास्वपाको दुई जिल्ला अधिवेशनमा विवाद, सभापतीका आकांक्षीले पाटी छोडे

फोटो फाईल

बाँके, २३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)को देशव्यापी जिल्ला अधिवेशन आजदेखि सुरु भएको छ । वडा र पालिका तहका निर्वाचनहरू सम्पन्न भएसँगै आज देखी देशव्यापी रूपमा जिल्ला अधिवेशन तथा निर्वाचन हुन लागेको रास्वपाले जनाएको छ । सोहि अनुरुप बाँकेमा सुरु भएको जिल्ला अधिवेशनमा विवाद उत्पन्न भएको छ । जिल्ला अधिवेशनमा नेतृत्व चयनको विषयलाई लिएर विवाद चर्किएको छ । जिल्ला सभापतिका लागी चार जना आकांक्षी उम्मेदवारबीच सहमति र तालमेलको प्रयास सफल हुन नसकेपछि झडप अवस्था सिर्जना भएको नेताहरुले बताएका छन् ।

जिल्लाको नेतृत्वको विषयलाई लिएर विवाद चर्किएपछि सभापतीको आकांक्षी हिरालाल प्रसाईले पाटी छोडेको घोषणा गर्नुभएको छ । उहाले आफनै फेसबुक मार्फत सार्वजनिक गर्दै पाटी छोडेको उल्लेख गर्नुभएको छ । उता पर्सामा जिल्ला अधिवेशनको मनोनयन दर्ताका क्रममा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहको समूहबीच चर्काचर्की भएको छ । विवाद बढ्दै गएपछि दुई समूहबीच धकेलाधकेल र हानाहानको अवस्था उत्पन्न भएको रास्वपाका नेताहरुले बताएका छन् ।

Oplus_131072

प्रकाशित मिति : २०८३ जेष्ठ २३ गते शनिवार
प्रतिक्रिया