२०८३ जेष्ठ २१ गते बिहिवार

जन्मदिनको अवसरमा विद्यालयको अक्षयकोषमा आर्थिक सहयोग

दाङ, २१ जेठ । सल्यानको एक विद्यालयमा अध्ययनरत छात्राले जन्मदिनको अवसर पारेर अक्षयकोषमा आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्वर ३ मा रहेको जानकी मावी दोहली कक्षा ९ मा अध्ययनरत छात्रा चाँदनी दाहालले अक्षयकोषका लागी पाँच सय पच्पन्न रुपैया सहयोग गरेको विद्यालयले जानकारी दिएको छ ।

उहाले जन्मदिनमा केक काटेर, लड्डु बाँडेर फजुल खर्च गर्नु भन्दा विद्यालयको अक्षयकोषमा थोरै भएपनि रकम जम्मा गर्नुभएको हो । विद्यालयमा रहेको अक्षयकोषमा टेवा पुगोस भनेर उहाले सहयोग गरेको विद्यालयले बताएको छ । यसले अन्य विद्यार्थीहरुलाई समेत सकारात्मक सन्देश दिने उहाले बताउनुभयो । विद्यालयमा पढ्ने विद्यार्थीले सकारात्मक काम गरेको भन्दै विद्यालयले प्रशंसा गरेको छ । उहाको जन्मदिनको अवसरमा शुभकामना दिदै विद्यालयले उज्ज्वल भविष्य, उच्च शिक्षा र जीवनका हरेक सफलताको कामना गरेको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ २१ गते बिहिवार
प्रतिक्रिया