फोटो फाईल
दाङ, २१ जेठ । रोल्पाको माडी गाउँपालिका २ व्याङखोलामा आज बिहान भएको बोलेरो जीप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।बिहान अन्दाजी ८ बजे भएको दुर्घटनामा एक महिला र दुई जना पुरुष गरी तिन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ ।
विकट ठाउँमा दुर्घटना भएकाले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उहाले जानकारी दिनुभयो । प्रहरीका अनुसार जीप सडकबाट करिब ६०० मिटर तल खसेको छ । दुर्घटना स्थलमा इलाका प्रहरी कार्यालय घर्ती गाउँबाट प्रहरी टोली खटिएको उहाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८३ जेष्ठ २१ गते बिहिवार






