तुलसीपुर, २० जेठ । सल्यानको छत्रेश्वरी गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा म बनाउँछु मेरो छत्रेश्वरी भन्ने मूल नाराका साथ दुई दिने ब्यबहारिक उत्प्रेरणा कार्यक्रम त्रिभुवन जनता मा.बि. भोटेचौरमा सुरु भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक बुढाथोकीको अध्यक्षता तथा पालिका अध्यक्ष ओज बहादुर बुढाथोकीको प्रमुख आतिथ्यता एवं पालिका उपाध्यक्ष बुद्दा कुमारी के.सिको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा गाउँपालिका अन्तर्गतका विभिन्न बिद्यालयका विद्यार्थीहरु, शिक्षक , कर्मचारी र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा मुख्य प्रशिक्षक हरिस वलिले विद्यार्थी, शिक्षक, प्रधानाध्यापकको भुमिका विषयमा प्रशिक्षण गर्नुको साथै विद्यार्थी, शिक्षकहरुलाई प्राथना पिटिको बारेमा प्रशिक्षण दिनुभएको थियो। गाउँपालिकाका बरिष्ठ शिक्षा अधिकृत गणेश न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण त्रिभुवन जनता माबी भोटेचौरका सहायक प्रधानाध्यापक नारायण भट्टराई गर्नुभएको थियो ।






