२०८३ जेष्ठ १६ गते शनिवार

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

फोटो फाईल

अछाम, १६ जेठ । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ थापामोड मध्य पहाडी राजमार्गमा गएराति भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका मकवानपुरको हेटौँडा उपमहानगर बस्ने ४१ वर्षीय नवीन तुलाधर र बर्दिया बाँसघारी नगरपालिका–५ बस्ने ४५ वर्षीय रामप्रकाश थारुको उपचारका क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते सिराहा कल्याणपुर नगरपालिका–१० का सन्तकुमार साह, स्याङ्जा फेदीखोला गाउँपालिका–४ का अर्जुनकुमार पौडेल र जीपका चालक नेपालगञ्ज उपमहानगरपालिका–५ बस्ने राज राजेन्द्र भिमराज चट्टान गुप्ताको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ १६ गते शनिवार
प्रतिक्रिया