२०८३ जेष्ठ ३ गते आइतवार

एमालेको केन्द्रीय सचिवालय बैठक स्थगित,अर्को बैठक सोमवार बस्ने

काठमाडौ, २ जेठ । आजका लागि तय भएको नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । उक्त बैठक आगामी सोमबार बस्ने गरी सारिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो । आउदो सोमबारका लागी तय भएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास भक्तपुरको गुन्डुमा बस्ने भएको छ ।

आइतबार पर्ने मदन–आश्रित स्मृति दिवसको विशेष तयारी गर्नुपर्ने भएकाले आज तय गरिएको बैठक स्थगित गर्नुपरेको सचिव अधिकारीले जानकारी दिनुभयो । यस बैठकमा पार्टीभित्रको आन्तरिक कार्यविभाजनका साथै गत फागुन २१ गते भएको निर्वाचनको समीक्षा समेत हुने बताइएको छ ।

 

 

प्रकाशित मिति : २०८३ जेष्ठ २ गते शनिवार
प्रतिक्रिया