२०८३ जेष्ठ ३ गते आइतवार

इँट्टा उद्योगमा च्यापिएर तिन जनाको मृत्यु,दुई जना घाईते

सांकेतिक तस्विर

सर्लाही, २ जेठ । सर्लाहीको हरिपुरमा इँट्टा निकाल्नेक्रममा च्यापिएर तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । हिजो बेलुका हरिपुर नगरपालिका–५, मजुर्वा गाउँमा रहेको कृष्ण इँट्टा उद्योगमा इँट्टा निकाल्ने क्रममा इँट्टाको चाङले च्यापिएर तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सर्लाहीको गोडैता नगरपालिका–७ रामवनका ५० वर्षीय फिताइ मन्सुर, गोडैता नगरपालिका–९ का ३५ वर्षीय शम्भु राउत र भारतको लखिमपुरका ३५ वर्षीय अङ्गद कुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो ।घाइते भएका मलङ्गवा नगरपालिका–७ का ३२ वर्षीय तुलसी महतोको प्रादेशिक अस्पताल मलङ्गवामा र मलङ्गवा नगरपालिका–७ का ५२ वर्षीय सत्यनारायण महतोको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ २ गते शनिवार
प्रतिक्रिया