२०८३ बैशाख २५ गते शुक्रवार

सल्यानमा टेक्टर दुर्घटना हुदा चालकको मृत्यु, दुई जना घाईते

फोटो फाईल

तुलसीपुर, २५ बैशाख । सल्यानमा टेक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ भने दुई जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । जिल्लाको फारुल्लाचौर देखि भुसखोला तर्फ जादै गरेको रा १ त ४४९५ नम्बरको टेक्टर आज दिउँसो साढे एक बजेतिर दार्मा गाउँपालिका वडा नम्वर २ भुसखोला नजिकै दुर्घटनामा भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी टेक्टर चालक सोहि वडाका अन्दाजी १७ बर्षिय प्रदिप बि.कको मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनामा परी गम्भिर घाईते हुनु भएका विकलाई उपचारका लागी थुम्के सल्ली स्वास्थ्य चौकी लगिएकोमा स्वास्थ्य चौकीले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै दुर्घटनामा परी सोहि वडाको भुसखोला बस्ने अन्दाजी बर्ष १७ का टेक बहादुर विक र सोहि ठाउँका बर्ष २२ का बिशाल बि.क घाईते भएको प्रहरीले जानकारी दिएको छ । घाईते भएका मध्ये टेक बहादुर विकको स्वास्थ्य चौकीमा उपचार भईरहेको छ भने विशाल विकको थप उपचारका लागी नेपालगंज बाँके रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख २५ गते शुक्रवार
प्रतिक्रिया