२०८३ बैशाख २२ गते मङ्गलवार

कांग्रेसको संसद् समन्वय बोर्डको बैठक आज बस्ने

फोटो फाईल

काठमाडौ, २२ बैशाख । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले कांग्रेस संसदीय दलको विधान संशोधन र परिमार्जनसहित, २०८३० को धारा २१ बमोजिम गठन भएको संसद् समन्वय बोर्डको पहिलो बैठक आज दिउँसो ३ः०० बजे बस्न लागेको जानकारी दिनुभयो ।

बैठक कांग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन ललितपुरमा बस्ने कार्यवाहक मुख्यसचिव दुलालले बताउनुभयो । कांग्रेसले उक्त बैठकमा उपस्थित हुन बोर्डका सदस्यहरुलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख २२ गते मङ्गलवार
प्रतिक्रिया