२०८३ भाद्र १३ गते शनिवार

प्यूठानमा चट्याङ लागेर बाबुछोराको मृत्यु

प्यूठान, १४ बैशाख ।  प्यूठानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुखी गाउँपालिका–६ लिवाङका ७० वर्षीय केदार बोहोरा क्षेत्री र उहाँका छोरा २६ वर्षीय रामु बोहरा क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकार दिएको छ । प्रहरीका अनुसार मृतकको शवलाई जिल्ला अस्पतालमा राखिएको छ भने आज विहान पोष्टमार्टम गरिने छ । चट्याङ लागेर गौमुखी गाउँपालिकाकै अन्य दुई जना घाईते भएका छन ।

गौमुखी गाउँपालिका–४ निवासी २४ वर्षीया सिर्जना न्यौपाने र गौमुखी गाउँपालिका–६ निवासी ५४ वर्षीया गमी बोहोरा चट्याङ लागेर घाइते भएको र अहिले जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ । शनिबार दिउँसो पनि माण्डवी गाउँपालिका वडा २ रातापानीका दुई जना दिदिबहिनी २० वर्षीया कल्पना अधिकारी र १६ वर्षीया सपना अधिकारी चट्याङ लागेर घाइते भएका थिए ।।

प्रकाशित मिति : २०८३ बैशाख १४ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।