२०८३ बैशाख १२ गते शनिवार

श्रीमतीको संकास्पद मृत्यु भएपछि दाङमा श्रीमान पक्राउ

दाङ, १२ वैशाख । श्रीमतीको संकास्पद मृत्यु भएपछि प्रहरीले दाङको तुलसीपुर उपमहानगरपालिका – २ घोरबण्डाबाट श्रीमानलाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार ४६ वर्षकी सन्तोषी घर्तीमगर मृत अवस्थामा फेला परेपछि प्रहरीले ५२ वर्षका बलबहादुर ठाडालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । मृतकको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आज पोष्टमार्टम गरिएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख १२ गते शनिवार
प्रतिक्रिया