२०८३ बैशाख ६ गते आइतवार

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

दाङ, ६ बैशाख ।  लुम्बिनी प्रदेश सभा को सातौं अधिवेशन अन्तर्गत १२औं आज आइतबार दिउँसो १ बजे बस्दै छ । बैठकका लागि तीन वटा कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । बैठकको सुरुवातमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।

यस्तै, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसैगरी, प्रदेश मामिला तथा कानून समितिका सभापति दिल कुमारी बुढाले समितिको वार्षिक प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची पनि तय गरिएको छ ।।

प्रकाशित मिति : २०८३ बैशाख ६ गते आइतवार
प्रतिक्रिया