फोटो फाईल
काठमाडौ, ३ चैत । निर्वाचन आयोगले समानुपातिकतर्फका प्रतिनिधि सभा सदस्यहरुलाई आउदो विहिवार चैत ५ गते प्रमाणपत्र वितरण गर्ने भएको छ । आयोगले सोमवार एक सूचना जारी गर्दै समानुपातिकतर्फका प्रतिनिधि सभा सदस्यहरुलाई विहिबार बिहान साढे ११ बजे कार्यालयमा उपस्थित हुन भनेको हो ।
आयोगले प्रमाण पत्र लिन आउँदा अनिवार्य रुपमा सक्कल नागरिकता वा राष्ट्रिय परिचय पत्र र दुई प्रति पासपोर्ट साइजको फोटो ल्याउन पनि भनेको छ ।समानुपातिकतर्फ कुल एक सय १० सिट रहेकोमा रास्वपाले ५७, नेपाली कांग्रेसले २०, नेकपा (एमालें)ले १६, नेपाली कम्युनिष्ट पार्टीले ९, श्रम संस्कृति पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट पाएको अवस्था छ ।
प्रकाशित मिति : २०८२ चैत्र ३ गते मङ्गलवार


















