तुलसीपुर, २३ फागुन । दाङको तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा लमही नगरपालिका–३ निवासी ४० वर्षीय कलेसु चौधरी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ल्वाडब्राबाट पराल बोकेर तुलसीपुर–१४ को ड्वाङपुरतर्फ जाँदै गरेको भे १ त ९७१३ नम्बरको ट्याक्टर आज बिहान करिब १२ बजे ड्वाङपुरमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्याक्टर चालक ३५ वर्षीय जुद्ध बहादुर चौधरी र ट्याक्टरमा सवार ६० वर्षीय कालु प्रसाद चौधरी घाइते भएका छन्। उनीहरूलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ। ट्याक्टरमा चार जना सवार रहेकोमा एक जना भने सकुशल रहेको बताइएको छ ।।






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।