दाङ, फागुन ४ । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ काठेकोल भरतपुरमा रहेको एभरेष्ट इडलिस बोर्डिङ स्कूलले आज शनिवार आफ्नो छैठौ वार्षिक उत्सव मनाएको छ । अन्य स्कुलले भन्दा अलि फरक रचनात्मक तरिकाबाट बार्षिकोत्सव मनाइएको विद्यालयका प्रिन्सिपल सरिता पौडेलले जानकारी दिनुभयो ।
वार्षिकोत्सवका अवसरमा जेष्ठ नागरिक सरोकार केन्द्र घोराही उपमहानगरपालिका वडा नं १६ तेरौटेलाई एक सेट सोफा प्रदान गरेको छ । साथै सोही अवसरमा विद्यार्थीहरुकै हातबाट केन्द्रमा रहेका बृद्धबृद्धालाई एक छाक खान समेत खुवाईको छ । उक्त केन्द्रमा करिव ३५ हजार रुपैया बराबरको सहयोग गरिएको प्रिन्सिपल पौडलले जानकारी दिनुभयो ।
वार्षिकोत्सवमा अवसमा घोराही उपमहानगरपालिका वडा नं ७ मा रहेको उत्तरबाहिनी गुरुकुललाई खाद्यान्न सामाग्री र नगद गरि करिव १७ हजार बराबरको सहयोग गरिएको विद्यालयले जनाएको छ ।
बार्षिकोत्सवका अवसरमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा एभरेष्ट इडलिस बोर्डिङ स्कूलका अध्यक्ष तिलक पाण्डेय, प्रिन्सिपल सरिता पौडेल, कोर्डिनेटर उत्तम खड्का लगायतकाले आ आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा विद्यालयका शेयर सदस्यहरुको समेत सहभागिता रहेको थियो । बजारमा बनेका रेडिमेट खाना जड्ग फूडलाई पूर्ण रुपमा विद्यालयमा निषेध गरेको उक्त विद्यालयले हरेक बर्ष बार्षिकोत्सव फरक र रचनात्मक तरिकाले मनाउदै आइरहेको विद्यालयका प्रिन्सिपल सरिता पौडेलले जानकारी दिनुभयो ।












