२०८३ बैशाख ६ गते आइतवार

शिवरात्रीको अवसरमा सितलपुर मन्दिरमा स्वास्थ्य सहायता कक्ष स्थापना

तुलसीपुर, ३ फागुन ।  दाङको तुलसीपुर–१२ सितलपुरमा रहेको सिवालय मन्दिरमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । तुलसीपुर नगर जेसिजको आयोजनामा महाशिवरात्रिको अवसर पारेर “स्वास्थ्य सहायता कक्ष स्थापना” गरिएको तुलसीपुर नगर जेसिजका अध्यक्ष कमल प्रकाश शर्माले जानकारी दिनुभयो । समुदायलाई लक्षित गरी आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले आज बिहान शिवालय मन्दिर परिसरमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको उहाँले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर बस्नेतले स्वास्थ्य सहायता कक्ष स्थापनाले अब सहज हुने अपेक्षा गरिएको बताउनुभयो ।

धार्मिक तथा सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै संस्थाले महाशिवरात्रिको अवसर पारेर स्वास्थ्य सेवा सम्बन्धी काम गरेको जनाइएको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, जेसी सदस्यहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । आयोजकले सबै सरोकारवालालाई कार्यक्रममा सहभागी भई सहयोग तथा ऐक्यबद्धता जनाउन अनुरोध समेत गरेको छ । कार्यवाहक अध्यक्ष जेसी सागर न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण जेसी सनद देवकोटाले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०८२ फाल्गुन ३ गते आइतवार
प्रतिक्रिया