२०८३ बैशाख ११ गते शुक्रवार

कालिकोटमा जिप दुर्घटना हुदा तिन जनाको मृत्यु

कालिकोट,३ माघ । कालीकोटको शुभकालिका गाउँपालिका(४ सल्लेरीमा हिजो बेलुकी ६ बजेतिर जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप ब्याक भएर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा दुई जना स्काभेटरका अपरेटर र एक जना सहचालक रहेको कालीकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाका अनुसार मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका घर भएका २८ वर्षीय शङ्कर कठायत, अछामका टेकेन्द्र शाही र सहचालक कालीकोटको शुभकालिका–२ का नवराज शाही रहेका छन् ।

प्रकाशित मिति : २०८२ माघ ३ गते शनिवार
प्रतिक्रिया