२०८३ असोज ४ गते आइतवार

पेट्रोलीयम पदार्थको मुल्य घट्यो

काठमाण्डौ, २ माघ ।  नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । आजदेखि लागू हुने गरी पेट्रोलको लिटरमा तीन रुपैयाँ र डिजेल–मट्टीतेलको लिटरमा एक रुपैयाँ भाउ घटाइएको हो । अब पेट्रोलको भाउ पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा प्रतिलिटर १ सय ५३ रुपैयाँ ५० पैसा पर्नेछ ।

यस्तै दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटिर १ सय ५५ रुपैयाँ तथा तेस्रो वर्ग अन्तर्गत काठमाण्डौ, पोखरा र दीपायलमा प्रतिलिटर १ सय ५६ रुपैयाँ पर्नेछ । यस्तै डिजेल र मट्टीतेलको भाउ पहिलो वर्गका लागि प्रतिलिटर १ सय ३३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय ३५ रुपैयाँ र तेस्रो वर्गका लागि १ सय ३६ रुपैयाँ तोकिएको छ ।।

प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।