२०८३ भाद्र १३ गते शनिवार

रोल्पामा मोटरसाइकल दुर्घटना हुदा एमाले नेतृको मृत्यु

रोल्पा, १२ मंसिर ।  रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एमाले जिल्ला सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा नेकपा एमाले रोल्पा जिल्ला सदस्यसमेत रहेकी माडी गाउँपालिका–६ कोर्चाबाङ निवासी ४७ वर्षीया अमृता घर्ती रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । प्रहरीका अनुसार बुधबार दिउँसो आफन्तले चलाएको मोटरसाइकलबाट स्थानीय मिनाही बजारबाट आफ्नो घर हान्निङतर्फ जाने क्रममा मिनाही नजिकै मोटरसाइकल दुर्घटनामा परेपछि नेतृ घर्ती सडकदेखि करिब २ सय मिटर खस्दा घटनास्थलमै मृत्यु भएको हो ।

अमृता पुनथोक गाउँमा बिहे भोजमा पुगेर फर्कने क्रममा दुर्घटनामा परेको उहाँका श्रीमान् एमाले लुम्बिनी प्रदेशका सदस्य प्रेमबहादुर घर्तीले बताउनुभएको छ । दुर्घटनापछि सामान्य घाइते रहेका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने शव जिल्ला अस्पताल रोल्पामा बिहीबार पोस्टमार्टम गरेर मगर संस्कारअनुसार बिहीबार नै आफ्नो गाउँ कोर्चाबाङमा दाहसंस्कार गरिएको छ । एमाले जिल्ला अध्यक्ष अमृतबहादुर बुढाले विज्ञप्ति जारी गर्दै अमृताको मृत्युबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।।

प्रकाशित मिति : २०८२ मङ्सिर १२ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।