
काठमाण्डौँ, २५ असोज । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि आज बस्न तय गरिएको बैठक स्थगित गरेको उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । अध्यक्ष ओलीको निवास गुण्डुमा हिजो झन्डै साढे ६ घन्टा बैठक चलेर आजका लागि स्थगित भएको थियो ।
हिजोको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, गुरू बराल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीले धारणा राख्नुभएको थियो ।।
प्रकाशित मिति : २०८२ असोज २५ गते शनिवार