बुटवलमा जेनजी प्रदर्शनमा संलग्न शिक्षक निष्कासन

काठमाडौं, २८ भदौ। जेनजीहरूको प्रदर्शनको क्रममा भएको तोडफोड र लुटपाटमा संलग्न शिक्षक शिवशङ्कर शुक्लालाई कालिका मानवज्ञान माविले निष्कासन गरेको छ।

विद्यालयले जारी गरेको विज्ञप्ति अनुसार, भदौ २४ गतेको जेनजी प्रदर्शनको क्रममा शुक्लाले बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केटबाट आइस्क्रिम चोरी गरेको तस्बिर सार्वजनिक भएको थियो।

कपिलवस्तु घर भएका शुक्ला विद्यालयमा कम्प्युटर विषय पढाउँदै आएका थिए। विद्यालयका प्रधानाध्यापक दिनेश थापाले शुक्लाले आचरण संहिता र नियम विपरीत कार्य गरेको ठहर गर्दै शनिबारदेखि निष्कासन कार्यान्वयन गरिएको जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार
प्रतिक्रिया