अनेरास्ववियु विवादः अध्यक्ष डा. कडरियाको जल्यो नेमप्लेट

काठमाडौँ,२८ भदौ। संगठनमा विवाद र असुरक्षाको भावना देखिएपछि राजीनामा दिएका अध्यक्ष डा‍. सुजन कडरियाको नेमप्लेट अनेरास्ववियुका नेता–कार्यकर्ताले शनिबार जलाएका छन्। कार्यकर्ताले उनका फोटोमा समेत तोडफोड गरेका छन्।

कडरियाले भदौ २४ गते जेन–जी प्रदर्शनको क्रममा असुरक्षित महसुस गर्दै राजीनामा दिएका थिए। उनले भदौ २३ गतेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा २४ जना युवा–विद्यार्थी घाइते वा मारिने अवस्था आएको भन्दै पदमा बसिरहन आफूलाई नैतिकताले नदिएको बताएका थिए।

तर त्यसपछि आफूलाई ज्यान मार्ने धम्की आएको, कुटपिट भएको भन्दै उनले राजीनामा फिर्ता लिन खोजेका थिए। यद्यपि उनका राजीनामा अहिलेसम्म स्वीकृत भएको छैन। संगठनका कार्यकर्ताले भने ‘फर्केर पनि कार्यालय नहेर्नु’ भन्दै डा. कडरियालाई अस्वीकार गरेका छन्। यस घटनाले अनेरास्ववियु भित्र तनाव थप बढाएको छ।

प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार
प्रतिक्रिया