विपक्षी दलको बैठकः प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष

काठमाडौं,२४ भदौ।  प्रमुख विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।

माओवादी केन्द्रको संसदीय दल कार्यालय, सिंहदरबारमा मंगलबार बिहान बसेको बैठकमा नागरिकमाथि सरकारले गरेको दमनको विरोधमा यस्तो निर्णय भएको हो । बैठक विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएका थिए । बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिंदै भने, “सम्पूर्ण घटनाको जिम्मेवारी प्रधानमन्त्री ओलीले लिएर तत्काल राजीनामा दिनुपर्छ भन्ने निष्कर्ष हामीले बैठकमा निकालेका छौं।”

बैठकमा उपस्थित विपक्षी दलहरूले प्रधानमन्त्रीको राजीनामा आवश्यक रहेकोमा सर्वसम्मत भएका थिए र आगामी दिनमा यस विषयमा थप रणनीति बनाउने तयारी रहेको जनाइएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र २४ गते मङ्गलवार
प्रतिक्रिया