काठमाण्डौ, १ श्रावन । गएराति देशभर कतै पनि ठूलो पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी लगायतका ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज पनि सबैजसो प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एकदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँहरुमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।।
प्रकाशित मिति : २०८२ साउन १ गते बिहिवार












