तुलसीपुुर,११ असार ।
माध्यमिक शिक्षा परीक्षा कक्षा १० ९एसईई० को नतिजा प्रकाशनमा गम्भीर त्रुटि देखिएको छ । नयाँ पत्रिका दैनिकका अनुसार परीक्षा नियन्त्रण कार्यालय ९पनिका० ले शनिबार प्रकाशित गरेका नतिजामा आइतबार हजारौं विद्यार्थीको जीपीए बढेको छ ।
पनिकाले तोकेका वेबसाइट तथा एसएमएसबाट विद्यार्थीले शनिबार प्राप्त गरेको जीपीए आइतबार बढेको हो । जीपीए बढेपछि विद्यार्थी, अभिभावक र शिक्षक अन्योलमा परेका छन् । कुनै पनि विषयमा ९० अंक ल्याउने विद्यार्थीको ग्रेड सम्बन्धित विषयमा ए प्लस हुनुपर्नेमा पनिकाको सिस्टमले ए मात्रै देखायो ।
परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले प्रावधिक त्रुटिले यस्तो भएको प्रतिक्रिया दिए । रेग्मीले नयाँ पत्रिकासँग भनेका छन्– हिजो र आज नतिजामा फरक परेछ । रिजल्ट अपलोड गर्दा समस्या भएको हो । वेबसाइटमा सिस्टम कम्पाटाबिलिटीमा त्रुटि हुँदा नतिजामा फरक परेको हो ।
एनटीसीले दिएको नतिजा ठीक छ । हाम्रो वेबसाइटमा त्रुटि भएछ ।