फोटो फाईल
काठमाडौ, १६ बैशाख ।दुई दिनमा सुनको भाउ तोलामा ६ हजार रुपैयाँ घटेको छ । अघिल्लो दिन ३ हजार रुपैयाँ घटेको सुन आज फेरि ३ हजार घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको छ । यसअघि सोमबार ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो भने अघिल्लो दिन मंगलबार २ लाख ९७ हजार ५ सयमा झरेको थियो ।
गत बुधबार ३ लाख ५ सय रुपैयाँमै सुनको कारोबार भएको थियो । गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो । हिजो प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९१५ रुपैयाँमा झरेको छ । गत बुधबार चाँदी प्रतितोला ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २०८३ बैशाख १६ गते बुधवार


















