२०८३ जेष्ठ ३१ गते आइतवार

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम तुलसीपुरका ९ वटा विद्यालयमा

तुलसीपुर,२३ असार । तुलसीपुर उपमहानगरपालिकाका सामुदायिक विद्यालयहरुमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम २०७८ अन्तर्गतका कार्यक्रमहरु संचालन भएका छन् । यस कार्यक्रम अन्तर्गत २ वटा कार्यक्रम रहेको र तुलसीपुर उपमहानगरपालिकामा ९ वटा विद्यालयमा संचालनमा रहेको तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख चक्र भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार शैक्षिक सुधार र भौतिक सुधार गरी २ वटा कार्यक्रम रहेका छन् ।
भौतिक कार्यक्रम अन्र्तगत शहिद स्मृति आवासीय विद्यालय बनकट्टीमा ४ कोठे भवन, अमर माध्यमिक विद्यालय उरहरीमा ४ कोठे भवन, पशुपति मावि हरिपौरीमा ४ कोठे भवन र मावि रनियाँपुरमा २ कोठे भवन परेका छन् । यस्तै शैक्षिक सुधार कार्यक्रम अन्र्तगत मावि तुलसीपुर सेन्टरमा प्राविधिक ल्याव कक्षा संचालमा रहेको छ भने मावि दोघरे, आधारभूत विद्यालय बराहखुटी, शाान्ति आधारभूत विद्यालय नवलपुरमा आइसिटि सुचना प्रविधिका कक्षाहरु संचालनमा रहेको प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

विद्यालयले आफ्नो विद्यालयको आवश्यकता हेरेर माग गर्ने गरेको र सोही माग अनुसार ६ लाख ५० हजारसम्मको कार्यक्रम दिने गरेको छ । विद्यालयमा यो कार्यक्रम लागु गर्नलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सुचना आह्वान गरेपछि तुलसीपुर उपमहानगरपालिकाले उपमहानगरपलिकाका विद्यालयहरुले प्रपोजल तयार पारेर शिक्षा महाशाखामा बुझाउने र उक्त प्रपोजल शिक्षा विकास समन्वय इकाई दाङ , शिक्षा विभाग हुदैँ शिक्षा मन्त्रालयमा पेश गर्ने निति रहेको छ । प्रपोजलको आधारमा विद्यालय छनोट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गर्ने गरेको उहाँको भनाई छ ।

संचालनमा रहेका कार्यक्रममध्ये भौतिक पक्ष अति प्रभावकारी मानिएको प्रमुख भण्डारीले बताउनु भयो । त्यस्तै शैक्षिक पक्ष अन्तर्गत मावि तुलसीपुर सेन्टरमा प्राविधिक ल्याव कक्षा प्रयोगात्मक रुपमा गरिने भएकाले धेरै प्रभावकारी देखिएको छ ।

प्रकाशित मिति : २०७९ असार २३ गते बिहिवार
प्रतिक्रिया