२०८३ कार्तिक ३ गते सोमवार

राप्तीको मिलनचोकमा सार्वजनिक खानेपानी धारा र प्रतीक्षालय उद्घाटन

भालुवाङ १ कात्तिक । दाङको राप्ती गाउँपालिका–७ स्थित मिलनचोकमा नवनिर्मित सार्वजनिक खानेपानी धारा तथा प्रतीक्षालयको उद्घाटन गरिएको छ। राप्ती गाउँपालिका वडा नम्बर ७ को आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजित बजेटबाट निर्माण गरिएको सार्वजनिक खानेपानी धारा र महदेवा सामुदायिक वन उपभोक्ता समूहले काठ उपलब्ध गराएर निर्माण गरिएको प्रतीक्षालयको शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो। प्रगतिनगर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, राप्ती गाउँपालिका–८ पिपरीको समन्वय तथा मिलनचोक टोल विकास संस्थाको संरक्षणमा निर्माण भएका दुवै संरचनाको राप्ती गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सिताराम चौधरीले उद्घाटन गरेका हुन्। सार्वजनिक खानेपानी धारा तथा प्रतीक्षालय सञ्चालनमा आएसँगै स्थानीय बासिन्दा, पैदलयात्री तथा सर्वसाधारणलाई खानेपानी र विश्रामका लागि सहज हुने अपेक्षा गरिएको छ। उद्घाटन कार्यक्रममा बोल्दै प्रगतिनगर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष तीर्थराज ज्ञवालीले स्वच्छ खानेपानी मानव जीवनको आधारभूत आवश्यकता भएको बताउनुभयो । उहाले नागरिकलाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउनुका साथै उपलब्ध स्रोतको उचित उपयोग, संरक्षण र सरसफाइमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनु भयो । मिलनचोक टोल विकास संस्थाका अध्यक्ष रणप्रसाद सुवेदीको अध्यक्षता तथा वडा अध्यक्ष सिताराम चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ७ का निवर्तमान वडा अध्यक्ष विद्याशरण चौधरी, महदेवा सामुदायिक वन उपभोक्ता समूहका सदस्य चेतमान परियार, प्रगतिनगर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव यमबहादुर चौधरीलगायत स्थानीय बुद्धिजीवी, समाजसेवी, सहयोगदाता तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। मिलनचोक टोल विकास संस्थाका सचिव खेमराज गौतमले कार्यक्रमको सञ्चालन गर्नुभएको हो  ।

प्रकाशित मिति : २०८३ कार्तिक २ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।