फोटो फाईल
धनगढी,२८ असोज । सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिनुभयो । उहाले सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा बुझाउनु भएको छ । पूर्वमन्त्रीसमेत रहेका थापा केही समयदेखि प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै आएका थिए।
मंगलबार बजेट पारित भएपछि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनु भएको हो । सभामुख भण्डारीले थापाको राजीनामा प्राप्त भएको जानकारी दिनुभयो । थापा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र -१) बाट २०७९ सालको प्रदेश निर्वाचनमा प्रत्यक्षतर्फ एमालेबाट निर्वाचित हुनु भएको थियो ।
प्रकाशित मिति : २०८३ असोज २८ गते बुधवार










टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।