दाङ, २७ असोज । दाङका विभिन्न सामुदायिक वनमा लुकाइछिपाइ राखिएका चार नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङको मातहत प्रहरी टोलीले मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्म विभिन्न स्थानमा सञ्चालन गरेको स्वीप अपरेसनका क्रममा उक्त बन्दुक बरामद गरेको हो।
प्रहरीका अनुसार लमही नगरपालिका–१, सुण्डबरीस्थित जनता सामुदायिक वनमा लुकाइछिपाइ राखिएका दुई नाल, लमही नगरपालिका–९, शिवखोलास्थित गायत्री सामुदायिक वनमा लुकाइएको एक नाल र बंगलाचुली गाउँपालिका–२ स्थित स्याले छरछरी सामुदायिक वनमा प्लास्टिकले बेरेर राखिएको एक नाल भरुवा बन्दुक बरामद गरिएको हो। बरामद गरिएका बन्दुकको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।