२०८३ असोज १९ गते सोमवार

तुलसीपुरको बनहरीमा एक बाख्राखोरको भित्ता फोडेर खशीबाख्रा चोरी

तुलसीपुर, १९ असोज । तुलसीपुरको बनहरीमा गएराती खशीबाख्रा चोरी भएको छ । तुलसीपुर ४ बनहरी स्थित सुक बहादुर केसीको गएराती चोरले बाख्राखोरको भित्ता फोडेर एउटा खशी र बाख्राको माउपाठी चोरी गरेको पिडित केसीले जानकारी दिनुभएको छ । उहाका अनुसार साँझ खशीबाख्रा खोरमा बाधेर सुतेको तर विहान हेर्दा खशीबाख्रा भित्ता फोडेर चोरीको भएको थाहा भएको हो । उहाका अनुसार रातो रङ र सिंह नभएका मुरील्ला खशी र रातो रङको बाख्रा चोरी भएका हुन् । घटना बारे प्रहरीलाई जानकारी गराएको उहाले बताउनु भएको छ ।

प्रकाशित मिति : २०८३ असोज १९ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।