२०८३ असोज १५ गते बिहिवार

दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी कांग्रेस क्षेत्रीय सभापतिमा निर्वाचित

फोटो फाईल

तुलसीपुर, १५ असोज । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्र्तगत दाङ निर्वाचन क्षेत्र नम्वर ३ मा मतगणना जारी छ । महाधिवेशन प्रतिनिधि र क्षेत्रीय पदाधिकारीमा सहमति नभएपछि हिजो बुधवार निर्वाचन भएको हो । हिजो सम्पन्न भएको मतदानमा क्षेत्र नम्वर ३ ख को केही पदाधिकारीको मतपरिणाम सार्वजनिक गरिएको छ भने अन्य बाँकीको मतगणना सुरु भएको छ । यो खवर तयार पार्दा सम्म निर्वाचन क्षेत्र नम्वर ३ को प्रदेश सभा ख को सभापतिमा दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी निर्वाचित हुनु भएको छ ।

उहाले ४७० मत प्राप्त गरी विजयी हुनु भएको हो भने उहाका प्रतिद्धन्द्धी गोपाल बहादुर रावतले ९९ र निर्मल केसीले ८५ मत लिनु भएको निर्वाचन समितिले जनाएको छ । यस्तै उपसभाापतीमा दुर्गा वलि र सचिवमा गणेश केसी बिजयी हुनु भएको छ । निर्वाचन समितिका अनुसार क्षेत्र नम्वर ३ क को अहिले मतगणना सुरु भईरहेको छ भने महाधिवेशन प्रतिनिधिको मतगणना पनि सुरु भएको छ ।

पत्रकार महासंघका पुर्व अध्यक्ष महाधिवेशन प्रतिनिधिमा निर्वाचित

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष बिपुल पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनु भएको छ । विगत लामो समय पत्रकारिता गर्नुभएका पोख्रेलले राजनीतिक यात्रामा कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनु भएको हो । नेपाल प्रेस युनियन दाङका संस्थागत सचिव समेत भईसक्नु भएको पोख्रेल मंगलबार भएको निर्वाचनमा निर्वाचित हुनु भएको हो ।

प्रकाशित मिति : २०८३ असोज १५ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।