२०८३ असोज १५ गते बिहिवार

दुर्गा प्रसाईलाई पक्राउको कारण पेस गर्न आदेश

काठमाडौं,१४ असोज । सर्वोच्च अदालतले अभियन्ता दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण ४८ घण्टाभित्र अदालतसमक्ष पेस गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई आदेश दिएको छ। न्यायाधीश हरि फुयाँलको इजलासले प्रसाईको पक्राउसम्बन्धी रिटमाथि सुनुवाइ गर्दै साइबर ब्युरोका नाममा ‘कारण देखाऊ आदेश’ जारी गरेको हो।

अदालतले प्रसाईलाई कुन कानुनी आधारमा पक्राउ गरिएको हो र उनलाई हिरासतमा राख्नुको कारण के हो भन्ने स्पष्ट विवरण तोकिएको समयभित्र पेस गर्न भनेको छ।प्रसाईलाई प्रहरीले पछिल्लो पटक असोज १२ गते पक्राउ गरेको थियो।

प्रकाशित मिति : २०८३ असोज १४ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।