२०८३ असोज १३ गते मङ्गलवार

किसान सूचीकरण अभियान तीव्र, २६ लाख ७९ हजार किसान प्रणालीमा

दाङ,१३ असोज । पछिल्लो समय किसान सूचीकरण अभियानले तीव्रता पाएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार किसान सूचीकरणलाई अनिवार्य रूपमा कार्यान्वयन गर्न थालिएसँगै पछिल्लो चरणमा मात्रै करिब तीन लाख थप किसान प्रणालीमा दर्ता भएका छन्। नयाँ किसान थपिएसँगै देशभर सूचीकृत किसानको कुल संख्या २६ लाख ७९ हजार पुगेको मन्त्रालयले जनाएको छ।

किसानको वास्तविक पहिचान सुनिश्चित गर्नुका साथै कृषि क्षेत्रका योजना तथा कार्यक्रमलाई विश्वसनीय र तथ्यांकमा आधारित बनाउन सूचीकरण अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको मन्त्रालयको भनाइ छ। मन्त्रालयले आफ्नो मातहतका सबै कार्यालय, निकाय तथा आयोजनालाई कृषि क्षेत्रसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दा लाभग्राही किसानको ‘किसान सूचीकरण दर्ता नम्बर’ अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ। यसबाट सरकारी कार्यक्रम तथा सेवा–सुविधा वास्तविक किसानसम्म पुर्‍याउन सहज हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ असोज १३ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।