तुलसीपुर, १३ असोज । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले आगामी मंसिर १ गतेदेखि विद्युत महसुल काउन्टर पूर्णरूपमा बन्द गर्ने तयारी गरेको छ । केन्द्रका प्रमुख सुरेशकुमार महतोका अनुसार उपभोक्ताले अब घरमै बसेर अनलाइन मार्फत विद्युत महसुल भुक्तानी गर्नुपर्नेछ। कार्यालयले यसअघि गत साउन १ गतेदेखि काउन्टर बन्द गर्ने सूचना जारी गरेता पनि उपभोक्ता काउण्टरमा आउन थालेपछि तीन वटा मध्ये दुई वटा काउन्टर खुला गरेर महशुल लिर्दै आएको थियो ।
तर अब मंसिर सम्म अनलाइन भुक्तानीबारे व्यापक सूचना प्रवाह गरिने र त्यसपछि काउन्टर पूर्ण रूपमा बन्द गरिने उहाले बताउनु भएको छ। तुलसीपुर वितरण केन्द्रले हिजो पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी यस्तो जानकारी दिएको हो । केन्द्रका अनुसार ५५ हजार विद्युत ग्राहक मध्ये करिव ४० प्रतिशत उपभोक्ताले मात्रै अनलाईन मार्फत विद्युत महशुल बुझाउने गरेका छन् ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।