२०८३ असोज १३ गते मङ्गलवार

युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एक जना पक्राउ

झापा, १३ असोज । झापाको बिर्तामोडमा एक युवतीलाई हातखुट्टा र घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउने प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको किशनगञ्ज जिल्ल कदमगाछी थाना पछाड कट्टा ग्राम पञ्चायत घर भई हाल बिर्तामोड नगरपालिका–५ स्थित इलाम स्टेनमा रहेको अमृत भोग मिठाई पसलमा काम गर्दै आएका ४२ वर्षीय दिलिप चन्द्र राय रहेका छन् । प्रहरीका अनुसार हिजो राति करिब १०ः३० बजे राय मादक पदार्थ सेवन गरी पेट्रोलसमेत बोकेर बिर्तामोड नगरपालिका–५ मा डेरा गरी बस्दै आएकी २२ वर्षीया रविना मगरको कोठामा प्रवेश गरेका थिए ।

रायले कोठाभित्र रहेको तन्ना च्याती युवतीको हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउने प्रयास गरेको प्रारम्भिक विवरणमा उल्लेख छ । घटनाबारे सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले रायलाई नियन्त्रणमा लिएको हो । घटनामा घाइते भएकी मगरलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पतालमा लगिएको छ । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका रायमाथि घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज १३ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।