२०८३ असोज ८ गते बिहिवार

दुई महिनामै लुम्बिनीमा ३१३ थान अवैध हतियार बरामद, दाङ र प्युठानमा बढी

दाङ,८ असेज । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष २०८३र८४ को सुरुवाती दुई महिनामै ठूलो परिमाणमा अवैध हतियार बरामद भएका छन्। प्रदेश प्रहरी कार्यालय, दाङका अनुसार साउन र भदौमा प्रदेशका विभिन्न जिल्लाबाट गरी ३१३ थान अवैध हतियार बरामद गरिएको हो। बरामद हुनेमा भरुवा बन्दुक, पेस्तोल, रिभल्वर तथा नक्कली हतियारसँगै गोली, छर्रा, बारुद र क्यापलगायतका सामग्री रहेका छन्। प्रदेश प्रहरी कार्यालय लुम्बिनीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीका अनुसार हातहतियार तथा विस्फोटक पदार्थसम्बन्धी कसुरमा साउन र भदौमा पाँच–पाँच जना गरी १० जना पक्राउ परेका छन्।

प्रहरीको तथ्यांकअनुसार साउन महिनामा मात्रै १८६ नाल भरुवा बन्दुक, दुई थान पेस्तोल र एक थान नक्कली पेस्तोल बरामद भएको थियो। त्यसैगरी चार राउन्ड गोली, ४५ थान छर्रा, ३५० ग्राम बारुद र १२ वटा क्यापसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। साउनमा सबैभन्दा धेरै भरुवा बन्दुक दाङबाट बरामद भएको छ। दाङबाट ९० नाल भरुवा बन्दुक बरामद हुँदा प्युठानबाट ६९ नाल बरामद भएका छन्। यस्तै रोल्पाबाट आठ, रुकुमबाट पाँच, कपिलवस्तुबाट छ, गुल्मीबाट पाँच, अर्घाखाँचीबाट दुई र नवलपरासीबाट एक नाल भरुवा बन्दुक बरामद भएको प्रहरी विवरणमा उल्लेख छ। त्यस्तै, रूपन्देहीबाट एक थान रिभल्वर र एक थान नक्कली रिभल्वर तथा कपिलवस्तु र बर्दियाबाट एक–एक थान पेस्तोल बरामद गरिएको थियो।

भदौमा पनि अवैध हतियार बरामद हुने क्रम रोकिएन। उक्त महिनामा १२७ थान भरुवा बन्दुक, त्यसमा प्रयोग हुने ४५ थान नाल र दुई थान पेस्तोल बरामद गरिएको प्रदेश प्रहरीले जनाएको छ। भदौमा पनि दाङमा सबैभन्दा धेरै अवैध हतियार बरामद भएको छ। दाङबाट ६८ थान र प्युठानबाट २४ नाल भरुवा बन्दुक बरामद भएका छन्। यस्तै रोल्पाबाट आठ र सात, रुकुमबाट आठ, गुल्मीबाट ११, कपिलवस्तुबाट पाँच र बाँकेबाट दुई थान भरुवा बन्दुक बरामद भएको प्रहरी विवरणमा उल्लेख छ। यसैगरी रूपन्देहीबाट एक थान कटुवा पेस्तोल र बर्दियाबाट एक थान पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ। दुई महिनाको तथ्यांकले लुम्बिनी प्रदेशका पहाडी तथा तराईका विभिन्न जिल्लामा अवैध हतियार अझै प्रहरीका लागि चुनौतीका रूपमा रहेको देखाएको छ।।

प्रकाशित मिति : २०८३ असोज ८ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।