२०८३ असोज ८ गते बिहिवार

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

अर्घाखाँची,८ असोज । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ किमडाँडास्थित सन्धिखर्क–किमडाँडा भित्री पक्की सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बिहीबार बिहान करिब ९ः१५ बजे लु.५ त ५५६ नम्बरको ट्याक्टर सडकबाट करिब १३० फिट तल खसेको थियो। दुर्घटनामा सन्धिखर्क नगरपालिका–८ काउली चौपारी पकले बस्ने अन्दाजी ३५/३६ वर्षीय सुरज विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनास्थलमा एसओसीओसहितको प्रहरी टोली खटिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको ट्याक्टर घटनास्थलमै रहेको छ।।

प्रकाशित मिति : २०८३ असोज ८ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।