दाङ, ७ असोज । बाँकेमा प्रहरीले एक भारतीय नागरिकलाई लागु औषध सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश बहराईज जिल्ला रुपैडिया थाना चकियारोड ठेगाना भएका २४ बर्षिय नदिम राई रहेको लागु औषध नियन्त्रण ब्युरो काठमाडौका सहप्रवक्ता जिवन निरौलाले जानकारी दिनुभयो । उहाका अनुसार भारतबाट लागु औषध खैरो हिरोईन ल्याएर लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका विभिन्न स्थानमा विक्रि गर्ने समुहलाई निगरानी बढाउने क्रममा राईलाई मंगलबार राती पौने ११ बजे नेपालगन्ज १४ बाट लागु औाष्ध सहित पक्राउ गरिएको हो ।
लागु औषध नियन्त्रण ब्युरो शाखा नेपालगन्जबाट खटिएको प्रहरीको टोलीले राई सवार मोटरसाईकल रोक्न खोज्दा भागेपछि दुई राउण्ड गोली चलाएको निरौलाले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । उनी सवार मोटरसाईकल टायरमा गोली हानेर राईलाई नियन्त्रणमा लिईएको हो । पक्राउ परेका राईको साथबाट खैरो हिराईन १०३ ग्राम ७९० मिलिग्राम लागु औषध, उनी सवार यु .पी ४० जे ०६५७ नम्वरको मोटरसाईकल र एउटा मोवाएल बरामद गरिएको सहप्रवक्ता निरौलाले जानकारी दिनुभयो । लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार लागु औाष्ध खैरो हिरोईन कारोवारमा संलग्न भएको पाईएमा १५ वर्ष देखी जन्मकैद र ५ लाख देखी २५ लाख सम्मको जरिवाना हुने व्यवस्था छ ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।