तुलसीपुर, ७ असोज । तुलसीपुर क्षेत्रमा श्रृंखलाबद्ध चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका–८ अस्वारा स्थित श्री नवदुर्गा भगवती मन्दिरसहित तुलसीपुरका बेलुवा, दोघरे, अस्वारा लगायत विभिन्न स्थानका घर तथा पसलमा चोरी गरेको आरोपमा तुलसीपुर–९ सम्झनाटोलका १९ वर्षीय तुफान परियार र तुलसीपुर–८ अस्वाराका २१ वर्षीय अनुप बस्नेत पक्राउ परेका हुन् ।
प्रहरीले उनीहरूलाई असोज ५ गते पक्राउ गरी दाङ जिल्ला अदालत घोराहीबाट नकबजनी चोरी सम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिलला प्रहरी कार्यालय दाङका सुचना अधिकारी तथा डिएसपी डाक्टर हेम बहादुर केसीले जानकारी दिनुभयो । पक्राउ परेकाहरूको साथबाट २ थान मोबाइल, ३ थान चाबी, १० थान लाइटर, ४ थान बदाम जुुस, २ थान शंख, २१ थान खुकुरी चुरोट, २२ थान चोतारी फिल्टर चुरोट, ७ थान शिखर आइस चुरोट र नगद १ हजार ६ सय ९० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । तुलसीपुरमा पछिल्नो समय दैनिक जसो चोरीका घटना भएका छन् । केहि दिन अघि तुलसीपुरको दोघरेबाट एकैदिन पाँच वटा पसलमा चोरी भएको थियो ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।