तुलसीपुर, ६ असोज । दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनका लागि नयाँ निर्वाचन समिति गठन गरिएको छ । यहि असोज ११ गते हुने भनिएको निर्वाचनको मिति नजिकीदै गर्दा बरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई संयोजक रहेको समितिले राजीनामा दिएपछि अर्को समिति गठन गरिएको हो ।
दाङ जिल्ला वार एसोशीयसनका अध्यक्ष मणिराज आचार्य मौसमको संयोजकत्वमा नयाँ निर्वाचन समिति गठन गरिएको संघका अध्यक्ष बसन्त जोसीले जानकारी दिनुभयो । उहाका अनुसार सदस्यमा पुर्व अध्यक्ष नारायण प्रसाद भुषाल र पुर्ब अध्यक्ष टंकसिह ंबुढाथोकी रहनु भएको छ । बिधान बिपरित बाणिज्य सदस्य भनेर उम्मेद्वारी हाल्न लगाएपछि निर्बाचन समितिले राजिनामा दिएको थियो । उद्योग बाणिज्य संघले खुला र वाणिज्य सदस्य पद भनेर नखुलाउने निर्णय गरेको उहाले जानकारी दिनुभयो । साथै उहाले तोकिएको समय भित्र निर्वाचन हुने बताउनु भएको छ ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।