२०८३ असोज ५ गते सोमवार

क्षेत्रीय प्रतिनिधि छनोटमा विभेद भएको भन्दै कांग्रेसका दुई क्रियाशील सदस्य असन्तुष्ट

फोटो फाईल

तुलसीपुर, ५ असोज । दाङको दंगीशरण गाउँपालिका–६ मा नेपाली कांग्रेसका दुई जना क्रियाशील सदस्यले क्षेत्रीय प्रतिनिधि छनोट प्रक्रियामा आफूहरूमाथि विभेद भएको भन्दै असन्तुष्टि जनाएका छन्। वडा सदस्यसमेत रहेका क्रियाशील सदस्य समसेरबहादुर रावत र अर्का क्रियाशील सदस्य केशरबहादुर खड्काले आइतबार सम्पन्न वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधि छनोटका क्रममा आफूहरूमाथि अन्याय भएको आरोप लगाएका हुन्। उनीहरूका अनुसार क्षेत्रीय प्रतिनिधिका लागि आवेदन फाराम भरेर आवश्यक शुल्कबापत ६ सय रुपैयाँसमेत बुझाएका थिए। तर, सुरुमा नाम समावेश गरिए पनि अन्तिम समयमा आफूहरूको नाम हटाएर अर्कै व्यक्तिको नाम सार्वजनिक गरिएको उनीहरूको दाबी छ।

क्रियाशील सदस्य खड्काले लामो समयदेखि पार्टीमा सक्रिय भएर काम गरे पनि अवसरबाट वञ्चित हुनुपरेको गुनासो गर्नुभयो। ‘हिजो पार्टीका लागि हामीले धेरै दुःख गर्यौँ, तर अहिले अवसर अरूले पाउँदा दुःख लागेको छ,’ उहाँले भन्नुभयो। पार्टीमा लामो समयदेखि इमानदारीपूर्वक काम गर्दै आएका कार्यकर्ताको योगदानको उचित मूल्यांकन हुनुपर्ने भन्दै उहाँले आगामी दिनमा यस्ता कमजोरी सच्याउन पार्टी नेतृत्वसँग आग्रह गर्नुभयो। यस विषयमा नवनिर्वाचित वडा सभापति नेत्र देवकोटाले भने केही कमजोरी भएको स्वीकार गर्नुभएको छ। उहाँले सुरुमा एक जनाको नाम टिपेर पछि अर्कै व्यक्तिको नाम राखिएको भन्ने कुरा आफूले सुनेको बताउनुभयो।

प्रकाशित मिति : २०८३ असोज ५ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।