२०८३ असोज ४ गते आइतवार

आज सुनको भाउ २ हजार १ सय रुपैयाँले बढ्यो

काठमाण्डौं,४ असोज । आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा २ हजार १०० रुपैयाँले बढेको हो । सुन आज तोलाको ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कारोबार हुने अन्तिम दिन शुक्रबार सुनको भाउ तोलामा २ हजार ६०० रुपैयाँले बढेर ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको ४ हजार ७९५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी तोलामा १५० रुपैयाँले बढेर तोलाको ४ हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८३ असोज ४ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।