२०८३ असोज ३ गते शनिवार

नेपालको संविधान २०७२ जारी भएको ११ वर्ष पुरा

काठमाडौँ, ३ असोज । आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईंदैछ । संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो । संविधान जारी भएको आज ११ वर्ष पूरा भएको छ । २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा‍।रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नुभएको थियो । त्यही दिनको सम्झनामा हरेक वर्ष असोज ३ गतेलाई संविधान दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।

२००७ सालदेखि नै शुरू भएका विभिन्न लोकतान्त्रिक आन्दोलन, २०६२र६३ को जनआन्दोलन, उत्पीडित, उपेक्षित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका विभिन्न आन्दोलनको योगफलको रूपमा नेपालमा पहिलोपटक संविधान सभाबाट गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशीरसमानुपातिक प्रणालीसहितको संविधान जारी भएको हो ।

संविधान कार्यान्वयनका लागि सङ्घीय संसदले बनाउनु पर्ने कानुनहरू अझै पनि बाँकी नै छन् । बनेका कानुनहरूको पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । त्यस्तै संविधान संशोधनको विषय पनि उठिरहेको छ । गत वर्ष भदौ २३ र २४ मा भएको जेन्जी आन्दोलनको जगमा फागुन २१ मा प्रतिनिधि सभा सदस्यको चुनाव भयो । २०८४ मा हुने पर्ने प्रतिनिधि सभाको चुनाव दुई वर्ष अगावै निर्वाचन भयो । फेरी पनि संविधान संशोधनको बहस शुरु भएको हो ।

प्रकाशित मिति : २०८३ असोज ३ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।